कांग्रेस कार्यालयमा तोडफोड गरी वीपीको शालिक ढालेर शालिकको टाउको कलैयाभर प्रदर्शन

वेब तस्बिर

वेब तस्बिर

१५ पुस, बारा ।

मधेसी मोर्चाका कार्यकर्ता बुधबार बाराको कलैयामा हातहातमा लाठी लिएर प्रदर्शनमा उत्रिएका छन् । निषेधाज्ञा तोडदै प्रदर्शन गरेका आन्दोलनकारीहरुले कलैया कांग्रेस कार्यालयमा तोडफोड समेत गरेका छन् ।

आन्दोलनकारीहरुले कांग्रेस कार्यालय परिसरभित्र रहेको वीपी कोइरालाको शालिक ढालेर शालिकको टाउको कलैयाभर प्रदर्शन गरेका छन् ।
कांग्रेस पार्टी कार्यालयमा सुरक्षार्थ खटेका प्रहरीहरु आन्दोलनकारीको ठूलो भिड देखेपछि पछि हटेको थियो ।

कलैया एमालेको जिल्ला पार्टी कार्यालय समेत तोडफोड गर्न पुगेका आन्दोलनकारीहरु ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थिति देखेपछि नाराबाजीमा उत्रिएका थिए । यसै बिच आन्दोलनकारीलाई तितरबितर गर्न प्रहरीले दर्जनौं राउण्ड आश्रुग्यास र हवाइ फायर गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत