निसासिएर चार जनाको ज्यान गयो

१५ पुस, कास्की ।

aaaकास्कीकोे चाउथेमा निसासिएर चार जनाको ज्यान गएको छ । मंगलबार राति सुतेको अवस्थामा घरको फ्ल्याटमा आगो लाग्दा चाउथेस्थित प्रगतिटोलमा गुम्सिएर एकै परिवारका ४ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा ३६ वर्षीय सिता रानामगर, उनका १२ वर्षीय छोरा हेमन्त राना, ७५ वर्षीय आमा गंगाकुमारी मगर र सिताकी दिदीकी छोरी बसन्ती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक बजुसिद्धी बज्राचार्यले जानकारी दिए । सिताका श्रीमान बैदेशिक रोजगारीका क्रममा इजरायल रहेको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत