वीरगञ्ज–रक्सौल नाकामा आन्दोलनकारी लखेटिए

१५ पुस, पर्सा ।

IMG-20141106-04031

व्यापारीले वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ता लखेटेर रिक्सा, टाँगा र मोटरसाइकलमा सामान नेपाल भित्र्याएका छन् ।

वीरगंज नाकामा करिब एक दर्जनको संख्यामा धर्ना बसेका आन्दोलनकारीहरुलाई व्यापारीहरुले पेलेरै मालसामान नेपाल ल्याएका हुन् ।
धर्ना बसेका आन्दोलनकारीहरुले भने तस्करहरुले आफूहरुलाई आक्रमण गरेको र सामान नेपाल भित्राएर महङ्गो मूल्यमा बेच्ने गरेको दाबी गरेका छन् । नेपाल र भारतका सुरक्षाकर्मीहरुले तस्करलाई साथ दिएको मधेशी मोर्चाका आन्दोलनकारीको आरोप छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत