अफगानिस्तानलाई हराउँदै भारत साफ च्याम्पियनसिप

१९ पुस, काठमाडौं ।

Footballआइतबार केरलामा भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अघिल्लो सिजनको विजेता अफगानिस्तानलाई २-१ ले पराजित गर्दै भारत सातौं पटक  साफ च्याम्पियन बनेको छ ।

खेलमा अफगानिस्तानले ७० औं मिनेटमा जुवायर अमिरीको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगाउन सकेन । ७२ औं मिनेटमा जेजेले भारतका लागि बराबरी गोल गरे ।

निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०१ औं मिनेटमा भारतले २-१ को अग्रता लिन सफल भयो ।

भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै घरेलु टोलीलाई उपाधि दिलाए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत