मधेश आन्दोलन पहाडतिर उकालो लाग्ने सङ्केत

१९ पुस, बुटवल ।

Upendra

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् । आइतबार बुटवलमा आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै यादवले संविधान संशोधन र परिवर्तन नभए राजधानी घेर्ने चेतावनी दिए ।

फास्ट ट्रयाकका नाममा मधेसी, दलित, जनजाति र सीमान्तकृतको अधिकार कटौती गरेर संविधान जारी गरिएको भन्दै उनले संविधान संशोधन नभएसम्म आन्दोलन नरोकिने बताए ।

कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पद्मरत्न तुलाधारले अबको आन्दोलन काठमाडौंमा हुने र त्यो निर्णायक हुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत