झुटकी प्रहरी चौकी इन्चार्ज सुब्बाको गोली हानेर हत्या

२० पुस, राजविराज ।

Ramesh-Subba

सप्तरी जिल्लाको भारतीय सिमावर्ती गाउँ झुटकी प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बाको सोमबार साँझ ६ बजेतिर गोली प्रहारबाट मृत्यु भएको छ ।
गोली लागेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो ।
गस्तीमा निस्केको बखत प्रहरी चौकी नजिकै दुई वटा भारतीय नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले बताए ।
घटनापछि १६ जना प्रहरीको दरबन्दी रहेको त्यहाँका सम्पूर्ण प्रहरीलाई इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा सारिएको छ भने अहिले झुटकी आसपासको क्षेत्रमा व्याप्क प्रहरी परिचालन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत