मधेस आन्दोलन कम्युनिष्ट विरोधी र भगौडाहरुको हातमा पुग्यो : प्रचण्ड

२० पुस, महोत्तरी ।

Mao-Meet

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलन कम्युनिष्टहरुका हातबाट कम्युनिष्ट विरोधी र भगौडाहरुको हातमा पुगेको र उनीहरूले पहाडीहरुले सबै लगे भन्ने भ्रम फिँजाएको बताएका छन् ।

सोमबार बर्दिबासमा सुरू भएको २ नं. प्रदेशको प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै दाहालले कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र मधेसी जनताको मुक्ति सम्भव भएको बताए । मधेसमा सामन्त जमिन्दारहरुले लामो समयदेखि शोषण गर्दै आएको भन्दै उनले शोषणबिरुद्ध आवाज बुलन्द गर्ने कम्युनिष्टहरु नै भएको बताए ।

‘पहिचान, सिमाङ्कन भनेर हिँड्नेहरु न त संविधान, न त पहिचान र न सिमाङ्कन नै चाहान्छन्’ दाहालले भने, ‘उनीहरु माओवादीलाई बद्नाम गर्न चाहान्छन् । यो कुरा जनतालाई हामीले बुझाउनु प-यो ।’

एमाओवादी अध्यक्ष दाहालले पहाडले पाएको कुरा मधेसका जनताले पनि पाएको र नपाएको कुरा मधेस–पहाड दुबैतिरका जनताले नपाएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत