मधेस आन्दोलन प्रभावहीन : सुजाता

२२ पुस, सल्यान ।
Sujata

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले तराईमा भइरहेको आन्दोलनको कुनै अर्थ नभएको बताएकी छिन् ।

जनाधार गुमाएका व्यक्तिले गरेको आन्दोलनमा तराईकै जनताले साथ नदिएकाले आन्दोलन प्रभावहीन बन्दै गएको उनको दाबी थियो ।

सल्यान को एक कार्यक्रममा उनले भने, “संविधानले सबैका अधिकारलाई समेटेको छ, बाँकी विषय पनि संशोधन प्रस्तावले समेटेकाले यसमा खोट लगाउने ठाउँ छैन ।”

नेपाली जनताको हित र विकासमा कुनै अदृश्य शक्तिले षडयन्त्र गरिरहेको आरोप लगाउँदै नेत्री कोइरालाले सबै दल एक भएर मात्र संविधान ल्याउन सफल भएको दाबी गरे।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत