पुनःनिर्माण महाअभियान भोलि देखि सुरु

earthquake

१ माघ, काठमाडौं ।
वि.सं १९९० माघ २ गते गएको भूकम्पको दिन पारेर राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बैशाख १२ को भूकम्पबाट भत्किएका गोरखाको संरचनाको पुनःनिर्माण महाअभियान भोलि माघ २ गते देखि सुरु गर्दैछ ।

राजनीतिक दलको खिचातानीका कारण प्राधिकरण गठनमा ढिलाइ भएकाले भूकम्प गएको ९ महिनापछि मात्रै पुनःनिर्माण कार्य शानिबारदेखि सुरु गर्न लागिएको हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर आगामी २०७३ साल वैशाख १२ गतेसम्ममा भूकम्प प्रभावित प्रत्येक गाविस र नगरपालिकामा पुनःनिर्माण कार्य सुरु गरिसक्ने योजना सरकारले अघि सारेको छ  ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत