सरकार र आन्दोलनरत दलबीच सहमति भइहाले पनि देश असफल हुनसक्ने – गुरुङ्ग

१ माघ, पोखरा ।

dev

नेकपा (क्रान्तिकारी माओवादी) का सचिव देव गुरुङले सरकार र आन्दोलनरत दलबीच सहमति भइहाले पनि देश असफल हुनसक्ने बताएका छन् ।

शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गुरुङ्गले निषेधको राजनीतिले देश नै सिद्धिने खतरा उत्पन्न भएको बताउँदै संसदवादी दल र मधेसी दलले एकअर्कालाई निषेध गरेर अघि बढ्दा देशकै अस्तित्व संकटमा परेको बताएका हुन् । माओवादी सचिव गुरुङ्गले संविधानका विषयमा भोलि सहमति गरौंला तर देश बचाउन राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत