जहाज भित्र पनि वाईफाई सेवा

एजेन्सी ।

china-wifi copy

सडकमा गुड्ने सवारीमा वाईफाई सुरु भएको केही समयमा नै उडीरहेको विमानमा पनि वाईफाई सेवा पुग्यो भन्दा तपाईलाई अपत्यारीलो लाग्न सक्ला । तर दिनानुदिन नयाँ भन्दा नयाँ कुराहरुको खोज र आविश्कार गर्दै आएको चीनले उडीरहेको विमानमा इन्टरनेट चलाउने कल्पनालाई अब अन्त्य गर्दै वाईफाई मार्फत इन्टरनेट चलाउन सक्ने बनाएको छ ।

चीनको एक पूर्वीय एयरलाइन्सले वाईफाई सेवा कति प्रभावकारी भन्दै हालै परिक्षण गरेपछि यो सबैको खुलदुली मेटीन पुगेको छ । तपाईले तस्विरमा देखेको विमान नै चीनको पहिलो वाईफाई प्रयोग गर्ने विमान हो । जस्ले सेटलाईटबाट वाईफाईका किरणहरुलाई विमान भित्र प्रवेश गराएर इन्टरनेट चलाउन सफल भएको चीनिया संचारमाध्यमहरुले जनाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत