नेपाल र भारतका फुटबल खेलाडी खेल मैदानमै किन कुटाकुट गरे ?

२ माघ, कञ्चनपुर ।

flag

नेपाल–भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देश बीचका फुटबल खेलाडी बीच कुटाकुट भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच भएको विवादले उग्ररुप लिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले एम्पायरको निर्णयका विषयलाई लिएर दुई पक्षका खेलाडीबीच विवाद सुरु भई सामान्य हातपात भएको बताउँदै दुबैतर्फका खेलाडी सामान्य घाइते बएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत