शनिवार पोखरा महोत्सवमा १ करोड २० लाखको कारोवार

hemanta sharma

२ माघ, पोखरा । पोखरा महोत्सवको तेश्रो दिन उल्लेख्य दर्शकले महोत्सवको अवलोकन गरेका छन । महोत्सवमा शनिवारको दिन ३५ हजार दर्शकले अवलोकन गरेका छनभने १ करोड २० लाखको कारोवार भएको महोत्सवका आर्थिक संयोजक राजुु श्रेष्ठले जानकारी दिए ।

शनिवारको दिन महोत्सवमा पोखरा आसपासका दर्शकहरुले समेत सहभागीता जनाएका कारण दर्शकको संख्यामा बृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवमा शनिवार कलाकार हेमन्त शर्माले आधुनिक गीत संगीत मार्फत युवाहरुलाई मनोरन्जन प्रदान गरेका थिएभने स्थानिय कलाकारद्धारा लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गराएको महोत्वका कलाकार ब्यवस्थापन समितीका संयोजक लोक बहादुर थापाले जानकारी दिए । पिस पोखरामा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत