राजेन्द्र महतोलाई एमालेका युवाहरुले कालोझण्डाले स्वागत गरेपछि…

rajendra-mahatoकाठमाडौं, ३ माघ ।
बिराटनगरमा पुस ११ गते धर्नाको क्रममा घाइते भएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो दिल्लीमा उपचार गरेर दुई सातापछि प्रधानमन्त्री केपी ओलीले फोन गरेर वार्तामा बोलाएपछि आइतबार काठमाडौं फर्किदै गर्दा दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने बित्तिकै एयरपोर्ट गेटमा एमालेका युवाहरुले भारतीय दलाल मुर्दावाद भन्दै कालोझण्डा प्रदर्शन गरेका थिए ।

एमाले निकट युवा संघ नेपालका महासचिव किरण पौडेल र प्रचार विभाग प्रमुख सञ्जीव रोकाको अगुवाईमा एमालेका युवाहरुले महतोविरुद्ध प्रदर्शन गरेपछि महतो विमानस्थलबाट एक घण्टापछि कडा सुरक्षाका बीच बाहिरिएका थिए । महतोलाई स्वागत गर्न फूलमाला बोकेर बिमानस्थल पुगेका मधेसी मोर्चाका कार्यकर्ता झडपको सम्भावना देखेर आफ्नो बाटो लागेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत