सिके राउतलाई सर्वाेच्चले दियो सफाई

३ माघ, काठमाडौं ।

CK raut

देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका सिके राउतलाई सर्वोच्च अदालतले आइतबार सफाइ दिएको छ ।

न्यायाधीश वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यसअघि विशेष अदालतले दिएको सफाईलाई नै सदर गर्दै देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका राउतलाई कुनै पनि प्रमाण नदेखिएको भन्दै सफाइ दिएको हो ।

देश टुक्र्याउने खालको कुनै पनि अभिव्यक्ति दिएको नदेखिएको भन्दै विशेष अदालतले राउतलाई सफाइ दिएपछि सो फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

सिके राउतलाई सन्थाल जातिको एक कार्यक्रममा मधेसलाई टुक्र्याउनु पर्ने भाषण गरेको आरोपमा प्रहरीले  पक्राउ गरी राज्यविरुद्धको अपराधमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत