१२ बुँदे समझदारी : शक्तिकेन्द्रकाे स्थानान्तरण – दाहाल

भरत दाहाल

भरत दाहाल

दरबार हत्याकाण्डपछि विसर्जन भएको नेपालको शक्तिकेन्द्रलाई बाहिर स्थापित गर्ने मूख्य योजनाका लागि ‘१२ बुँदे समझदारी’ भएको हो । यो घटना नेपालको नव–औपनिवेशिकरणको उत्कर्ष र नेपाली समाजको विघटनको थालनीको मिलन बिन्दु हो । यसपछि नेपालको सत्ता राजनीतिको समग्र लगाम पूर्ण रुपमा विदेशीहरूका हातमा पुगेको छ । माओवादीे, कांग्रेस, एमाले जस्ता नकाबपोशहरु युद्धकालमा उहि शक्तिकेन्द्रबाट समान रणनीतिका लागि लडाईएका थिए भन्ने कुरा ‘१२ बुँदे समझदारी’मा तिनीहरु तिनै शक्तिबाट नाटकीय रुपमा जुटाईएको यथार्थताले छरपष्ट पारेकोे छ । संसदको पुनस्थापना अगाडि राजाप्रति गरेको विश्वासघात र पछिल्लो चरणमा एमाओवादीसंगको हार्दीक संबन्धलाई हेर्ने हो भने ‘१२ बुँदे’ अगाडी र पछाडी विदेशीहरुले चालेका नेपाल विरोधि चालहरुमा सेनाको नेतृत्वको एउटा तप्का समेत संलग्न रहँदै आएको कुरा बुझ्न कुनै कठिनाई पर्दैन ।

‘१२ बुँदे समझदारी’मा राज्यको पुनर्संरचना र माओवादी द्वन्दको समाधानका नाममा जे जस्ता मुद्दाहरु उठाईएका थिए, ती सबै वेवारिसे मुद्दाहरु थिए । न राज्यको पुनर्संरचनाका लागि संविधानसभाको कुरा उठेको थियो न त द्वन्दको समाधानका लागि ‘शान्ति प्रकृया’को नाटक मञ्चन भएको थियो । यी मुद्दाहरुका पछाडी केवल ३ प्रकारका साम्राज्यवादी स्वार्थहरु लुकेका थिए । एउटा स्वार्थ थियो, हिंसामा प्रयोग गरिंदै आएको माओवादी नेतृत्वलाई वीरेन्द्रको हत्या भैसकेपछिको संदर्भमा शान्तिको नयाँ आवरणमा खेलाउने चोरबाटो बनाउनु । दोश्रो स्वार्थ थियो, माअाेवादी विरूद्धमा कथित युद्धरत पक्ष भनिएका संसदवादीहरुलार्इ त्यससंग जोडिनुको देखावटी राजनीतिक औचित्यकाे खाेल बनार्इ दिनु र तेश्रो थियो, ‘१२ बुँदे’मा उल्लेखित मिठो भाषामा नेपालीहरुलाई भुलाएर त्यसको आवरणमा नेपाल विघटनका मुद्दाहरु संगठित गर्न दलालहरुलाई अनुकूल धरातल बनाईदिनु ।

‘१२ बुँदे’को आवरणमा विदेशी शक्तिहरुले बनाएको यो रणनीतिको यथार्थताका रुपमा आज हामीले नेपाल हेरिरहेका छौं । नेपाली समाजभित्रका द्वन्दका बिजहरुकाे समाधान गर्नेबारे ‘१२ बुँदे’मा लेखिएको प्रतिबद्धताहरू अाज गुमनाम भएका छन् । युद्ध पिडीतहरु अलपत्र भएका छन् । संविधानसभा विदेशीहरुले लेखेको नाटक मञ्चन गर्ने छाडा मञ्चमा परिणत भएको छ । जसले ‘नयाँ नेपाल’ बनाउने सपथ खाएका थिए, ती सबै साम्राज्यवाद–विस्तारवादका शिखण्डीका रुपमा प्रकट भएका छन् । सत्ता राजनीति नेपाल विरोधि भिन्नभिन्न स्वार्थ भएका विदेशीहरुका बीचको लडाईंलार्ई प्रतिबिम्बित गर्ने ऐना बनेको छ । जनतालाई ठूल्ठूला आश्वासन दिने यहाँका सत्तावादी दलहरुले, धोविको गधाले झैं, नेपाल विरोधि शक्तिहरुको माल ढुवानी गरेर आफ्नो पूर्वनिर्धारित दैनिकी चलाईरहेका छन् । ‘१२ बुँदे’को कलङ्क नेपालमाथिको अहिलेसम्मकै ठूलो बाह्य हमला हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत