पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल ९९ रुपैयाँमा पाइने

Dipo४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएपछि नेपाल आयल निगमको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल, मटितेल र हवाइ इन्धनको मूल्य सोमबार १२ बजे रातिबाट लागू हुने गरी समायोजन गरेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार १०४ रुपैयाँ पर्ने पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ घटेर ९९ रुपैयाँ कायम भएको छ । यसैगरी डिजेल र मटितेलको मुल्य ६ रुपैयाँ मूल्य घटेर लिटरको ७५ रुपैयाँ भएको छ । हवाइ इन्धनको मूल्य ९८ रुपैयाँ घटेर २३२ रुपैयाँबाट १६४ रुपैयाँ कायम भएको छ । साथै, निगमले ग्यासको पुरानै मूल्य कायम रहेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत