संविधान संशोधन विधेयक ७ गतेसम्मका लागि रोकियो

Upendra५ माघ, काठमाडौं । सोमबार कार्यदलको बैठकमा प्रमुख दल र मधेसी मोर्चा चर्काचर्की भएपछि सहमति नजिक पुगेका तीन दल र मधेसी मोर्चा एकाएक टाढिएका थिए । तर, मंगलबार विहानैबाट सहमतिको प्रयास सुरु भएको छ र त्यो एकहदसम्म सफल भएको छ । दलहरुको सम्वादपछि संसदमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफल ७ गतेसम्मका लागि रोकिएको छ । यसअघि मंगलबार छलफल गर्ने र मंगलबार नै पारित गर्ने प्रमुख दलहरुको तयारी थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस शीर्ष नेताहरुसँग सम्वाद गरेका छन् भने मधेसी मोर्चाका नेताहरुसँग पनि कुराकानी भएको छ । दिउँसो संसद बैठक अघि सभामुख ओनसरी घर्तीको पहलमा तीन दलको छलफल समेत भएको छ ।

संसदमा संंशोधन विधेयकमाथिको छलफल ७ गतेसम्मका लागि रोकिएको छ र, मधेसी मोर्चासँग सहमतिका लागि अनौपचारिक पहल सुरु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत