बहराइनलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय फुटबल उपाधि उचाल्यो

Nepal-win-Bangabandhu-Gold-Cup
८ माघ, काठमाडौं । बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको छ । बङबन्धु कप फुटबलको शुक्रबार भएको फाइनलमा नेपालले अन्तर्राष्ट्रिय  फुटबल उपाधि उचालेको हो । यसअघि १९९३ मा नेपालले ढाकास्थित बंगबन्धु स्टेडियममा छैटौं साफ गेम्समा स्वर्णपदक जितेको थियो  । खेल सुरु भएको ५ औं मिनेटमा नै बिमल घर्ती मगरले नेपालका लागि गोलको खाता खोले ।

खेलको अन्तिम समयमा अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले नेपालका लागि दोस्रो गोल गर्न सफल भए । लगतै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई ३–० गोल अन्तरले शानदार जित दिलाए ।

ह्याट्रिकसहित चार गोल गरेका नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ मोस्ट भ्यालुएवल प्लेयरका साथै टप स्कोरर बने भने बिमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत