अस्पतालबाट डिस्चार्ज भए अनन्त, फलोअपका लागि केही दिन बैंककमै बस्ने

ananta९ माघ, काठमाडौं । थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा भर्ना भएका पूर्वअर्थमन्त्री एवम् एनेकपा माओवादी सचिव वर्षमान पुन ‘अनन्त’ ४५ दिनपछि स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका छन् ।

डा. चन्द्र घर्ती मगरका अनुसार वर्षमान पुन ‘अनन्त’ फलोअपका लागि केही दिन बैंकक मै रहनेछन् । भारतको मेदान्त अस्पतालमा उपचार गरी नेपाल फर्किएका अनन्तको स्वास्थ्यमा पुनः समस्या देखिएपछि मंसिर २१ गते बैंकक लगिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत