फुटबल खेलाडीलाई विमानस्थलमा भव्य स्वागत

football-1९ माघ, काठमाडौं ।

बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर शनिबार स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई खेलकुद अधिकारीहरुका साथै खेलप्रेमी नेपाली खेलाडीहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमै  पुगेर भव्य स्वागत गरेका छन् । कडा सुरक्षा घेरामा राखेर खेलाडी र प्रशिक्षकहरुलाई नगर परिक्रमा गराई दशरथ रंगशालामा खेलाडीहरुको विशेष सम्मानमा कार्यक्रम गरिएको छ ।

बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप फुटबलको बिहीबारको फाइनल खेलमा बहराइनलाई ३–० को गोल अन्तरले हराउँदै नेपाली खेलाडीहरुले २३ वर्ष वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलमा उपाधि उचालेका हुन् । नेपाली खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही ५ लाख र राष्ट्रिय खेलकुद परिषद राखेपले जनही २ लाख रुपैयाँको दरले पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत