विप्लबले सम्बन्ध तोडेको वर्ष दिनपछि छोरी सञ्जुले सम्बन्ध जोडिन्

Binod-And-Sanju-jodi copy१४ माघ, काठमाडौं । एकीकृत क्रान्तिको सैद्धान्तिक जगमा ‘सशस्त्र युद्ध’ मा जाने रोडम्यापसहित २०७१ मंसिर ८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा–माओवादीको मुख्यालय बुद्धनगरमा सम्बन्धविच्छेद्को पत्र बुझाएको थियो । विप्लबले नेकपा–माओवादीसँग सम्बन्ध तोडेको एक वर्ष पुरा गरेपछि विप्लबकी एक्ली छोरी सञ्जु चन्दले भागी बिहे गरेर बिनोद लुईंटेलसँग बैबाहिक सम्बन्ध जोडेकी छिन् ।

अमृत साइन्स क्याम्पसमा बिएसस्सी पढ्दै गरेका विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीका अस्कल अध्यक्ष रहेका सुनसरीका बिनोद लुईंटेलसित विप्लव पुत्री सञ्जुले बैबाहिक सम्बन्ध कसेकी हुन् । सञ्जुले बुवा बिप्लबबाट विनोदसँग बिवाह गर्ने सहमति नपाएपछि २ हप्ता अघि विनोदसँग भागेर धरान पुगेकी हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत