सुजाता नेपाली काँग्रेसको सभापति !

Sujata१४ माघ, काठमाडौं ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बिराटनगरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेकी छिन् ।

‘कसैको दबाव र लहडमा लागेर आफूले उम्मेदवारी घोषणा गरेको होइन’ भन्दै सुजाताले ‘पार्टीलाई नयाँ सोच र विचारबाट अघि बढाउन युवा नेतृत्व आउनुपर्ने’ बताइन् । सुजाता गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् ।

प्रारम्भिक तहको निर्वाचन भोलि शुक्रबार देशैभर एकसाथ हुँदै

नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि सबै गाविसमा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका वडाहरुमा प्रारम्भिक तहको निर्वाचन भोलि १५ गते शुक्रबार देशैभर एकसाथ हुँदैछ ।

तर, हिमपातले जनजीवन कष्टकर भएका हिमाली जिल्लाका केही गाविसमा भने आवश्यकता अनुसार सहमतिमा अधिवेशन दुई–चार दिन पछाडि धकेलिन सक्ने पार्टी कार्यालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत