जुहु समुद्री तटमा मृत ह्वेल माछा भेटिएपछि

whale-juhu-beach-mumbai१५ माघ, काठमाडौं । बिहीबार राति अबेर समुद्रबाट बगेर आएको ब्राइडे प्रजातिका ३० फिट लम्बाईको मृत ह्वेल माछा शुक्रबार बिहानै मुम्बईको जुहु समुद्री तटमा भेटिएपछि मानिसहरु वरिपरी झुम्मिए ।

जुहुका प्रहरी अधिकारी ए अम्बेकरका अनुसार यो ह्वेल माछाको वजन अनुमानित १५ देखि २० टन हुनसक्छ । मुम्बई महानगरपालिका तथा वन्य संरक्षण टीम ह्वेललाई हटाउन प्रयासरत् छन् ।
ह्वेलको जाँचबुझ गरिरहेका फरेन्सिक टीमका अधिकारी अनिमेष लिमायका अनुसार फोहोर खानेकुरा खाएर मरेको हुनसक्छ । यो दुई दिन अगाडि नै मरिसकेको थियो । पानीको लहरले बगाएर यहाँ ल्याएको हो ।
– बीबीसीबाट

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत