भारतमा अर्काे आतंकवादी हमलाः प्रहरीको भ्यान उड्यो, ७ जनाको मृत्यु

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं, १४ माघ । भारतमा बुधबार राति आतंकवादी हमला भएको छ ।

विद्रोही माओवादीले झारखण्डमा पर्ने पलामूको छतरपुर–जपला रोड नजिकैको काला पहाडी गाउँमा प्रहरीको गाडी बमले उडाइएदिएका छन् । यो घटनामा सात जना प्रहरी अधिकारी मारिएको भारतीय च्यानल आजतकले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा एक हवलदार, एक चौकीदार, चार कान्स्टेबल र एक ड्राइभर रहेका छन् । घाइते भएका प्रहरी अधिकारीको अवस्था गम्भीर छ । विद्रोही माओवादीले प्रहरीको हतियार समेत लुटेर लगेका छन् ।

आईजी एमएस भाटियाले घटनामा ७ प्रहरी अधिकारी मारिएको बताए । प्रहरीको ४०७ नम्बरको कारलाई बमले उडाइएको थियो । त्यसमा सवार प्रहरी अधिकारी मारिएका हुन् । तीनको जनाको अवस्था भने अज्ञात रहेको छ । उनीहरुलाई विद्रोही माओवादीले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ । दैनिक नेपालबाट

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत