नेपाल यू–१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा प्रवेश

U-19-Cricket-Team१६ माघ, काठमाडौं । नेपाल यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डमाथि ८ विकेटको जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा न्यूजिल्याण्डमाथि ३२ रनको जित हात पार्दै सुखद सुुरुवात गरेको नेपालले दोस्रो खेलमा शनिबार आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पा¥यो ।

नेपाल र भारतको समान ४/४ अंक भएको छ । रन रेटका आधारमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।  न्यूजिल्याण्ड र आयरल्याण्ड अंकबिहीन भई समूह चरणबाटै बाहिरिएका छन् । समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्ने छन् । यही खेलले समूह बिजेताको टुङ्गो लगाउने छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत