सत्तारुढ दलको एकता कायम राख्ने राजनीतिक संयन्त्रको निर्णय

HLPC-meet copy१७ माघ, काठमाडौं । आइतबार साँझ झण्डै दुई महिनापछि बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा संयन्त्रको बैठक नियमित राख्ने, सरकारमा रहेका दलहरुबीच एकता कायम राख्ने र प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमण बारे छलफल भएको छ ।

एमाओवादी महासचिव कृष्ण बहादुर महराका अनुसार संयन्त्रलाई अझै प्रभावकारी बनाउनु प्रधानमन्त्रीलाई सुझाव दिइएको छ । साथै, बैठकले प्रधानमन्त्रीको भारत भ्रमणमा दुई देशको सम्बन्ध राजनीतिक तहमा सुदृढ हुने गर्नु पर्नेमा जोड दिँदै मधेस समस्या समाधान गर्न वार्ता र छलफललाई जारी राख्ने राजनीतिक संयन्त्रको निर्णय छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत