विमानस्थलका कर्मचारीकाे हप्किदप्की : सामान्य जानकारी लिन पनि पहुचवाला नै हुनु पर्ने सर ?

20720371१८ माघ, कास्की । पाेखरा विमानस्थलबाट काठमाडाै अाउन लागेकाे थिएँ । काठमाडाै विमानस्थलकाे माैसम खराब भएकाले तीन घण्टा बढी समय कुर्दा पनि विमान अाउने पताे भएन । केही सीप नलागेपछि काठमाडाै विमानस्थलकाे ०१–४११३२९७ नम्बरमा कल गरेर भिजिविलिटी बारे साेधे । फाेन उठाउने महिला कर्मचारीले मेराे परिचय मागिन मैले नाम बताए । उताबाट एक्कासी ठुलाे ठुलाे आवाजमा गाली बर्सियाे । साधारण मान्छेलाई एयरपाेर्टकाे माैसम बारे भन्न मिल्दैन उनकाे जवाफ थियाे । उनले झन चर्काे स्वरमा गाली गर्दै फाेन राखिन । मैले दाेहाेर्याएर फाेन गरे, यस पटक पुरुष कर्मचारीले फाेन उठाए । उनले थपे सर्वसाधारण भएर विमानस्थलमा फाेन गरेर माैसम बारे साेध्ने ? याे अप्रेसन सेन्टर हाे, माैसम बारे भन्न मिल्दैन सर्वसाधारणलाई । उनले मलाई चेतावनी दिए – तिम्राे नम्बर कारवाही सुचिमा राख्छु । म छक्क परे, विमानस्थलकाे वेवसाईटमा राखिएकाे सार्वजनिक नम्बरमा फाेन गरेर माैसम बारे साेध्दा अपमान र कारवाही !!

मन मानेन, मैले तुरुन्तै विमानस्थलका प्रमुख देव अानन्दलाई फाेन लगाए, हलुका जवाफ अायाे, म बुझ्छु । केहीसम्म खबर नअाएपछि मैले फेरि कल गरे, उनले भने सर्वसाधारणले फाेन गरेर साेध्न मिल्दैन । त्यसपछि मैले मेराे परिचय दिए सर म पत्रकार हुँ । त्यसपछि देव सरकाे जवाफ थियाे, अघिनै भन्नू पर्दैन ? सर सर्वसाधारणले फाेन नै गर्न नमिल्ने मैले साेधे । अनि फाेनमा बाेल्ने मान्छेकाे बाेलि किन रुखाे ? तपाईले अघि नै पत्रकार भनेकाे भए त झर्किदैनथ्याे नि ?

मलाई झन् पीडा भाे, विमानस्थलकाे सामान्य जानकारी लिन पनि पहुचवाला नै हुन पर्ने सर ? मैले फेरि साेधे- सर्वसाधारण नागरिकलाई चाहिँ तपाईहरुले यसरी थर्काउन मिल्छ । सुचना दिन नमिल्ने भए पनि राम्ररी बाेले हुन्न र ? मेराे प्रश्न पछि हाकिम साव वरवराउन थाल्नु भाे, यी सबै अख्तियारमा गएर भन्नुस् । हाकिम साबलाई विनम्र हुँदै मैले भने सर अख्तियार बिस्तारै जाउला, तर त्याे भन्दा अघि अाफ्ना कर्मचारीकाे बाेली सुधार्नुस् जनताले स्यावासी दिनेछन्, फाेन संवाद टुंगियाे ।

यी प्रश्काे जवाफ अझै पाईन । विमानस्थल, नागरिक उड्ययन प्राधिकरण, उड्डयन मन्त्रालय र अख्तियारले जवाफ दिए अाभारी हुने थिएँ ।

१- के सर्वसाधारण जनताले सरकारी कार्यलयमा फाेन गरेर उचित सुचना माग्न पाउन्न ?
२- वेवसाईडमा राखिएकाे सार्वजनिक नम्बरमा फाेन गर्दा कारवाहि गर्छु भन्न पाईन्छ ?
३- नागरिकले फाेन नै गर्न नमिल्ने भए, वेव साईटमै किन नलेखेकाे ?
४- के याे देशमा नागरिकले अाफुलाई परेकाे समस्याकाे गुनासाे र उपचार खाेज्न पहुचवाला नै हुनु पर्ने ?
४- देशमा शक्तिकाे पुजा कहिले सम्म ?
५-विमानस्थलका कर्मचारीकाे अाचरण सुधार्न कसैले केही गर्नु नपर्ने ?
जवाफ र व्यवहारकाे अाशा । नेपाली सरलको फेसबुकबाट ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत