खुलेको वीरगञ्ज नाका फेरि अवरुद्ध पार्ने मधेसी मोर्चाको निर्णय

Miteri-pul-Birganja-Naka-Morcha२३ माघ, काठमाडौं । स्थानीयबासी र व्यापारीको बलमा शुक्रबारबाट खुलेको वीरगञ्ज नाका तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बारा र पर्सा बैठकले फेरि अवरुद्ध गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीयस्तरबाट आन्न्दोलन फिर्ता नभएसम्म नाकाकोे धर्ना जारी राख्ने निर्णय गरेको छ ।

तमलोपाका महामन्त्री जितेन्द्र सोनलकाअनुसार धर्नाकारीहरु थोरै रहेको मौका छापेर तस्कर र स्थानीय प्रशासन मिलेर नाका खुलाइएको भए पनि फेरि धर्ना दिने निर्णय भएको छ । मोर्चाले नाकामा धर्ना दिने निर्णय गरेपछि धर्नास्थल मितेरी पुलमा सुरक्षाकर्मीहरु बढाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत