नुवकोटमा माइक्रोबस दुर्घटना, ८ जनाको मृत्यु

micro buss acc२३ माघ, नुवाकोट । आइतबार नुवकोटको मदानपुरमा भएको माइक्रोबस दुर्घटनामा ८ जनाको मृृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट त्रिशुलीतर्फ जाँदै गरेको बा १ ज ७५८३ नम्बरको माइक्रो बस सडकबाट झण्डै ३ सय मिटर तल खोल्सामा खसेको ईलाका प्रहरी कार्यालय ककनीका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

प्रहरी निरीक्षक वन्तकाअनुसार माइकोसमा विदुरस्थित सैन्य तालिम केन्द्रमा तालिमरत सिपाइहरु थिए । उक्त दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत