वीरगञ्ज रक्सौल नाकाबाट ठूलो परिमाणमा इन्धन भित्रिँदै

Rakshaul२५ माघ, काठमाडौं । वीरगञ्ज रक्सौल डिपोबाट भारतीय आयल कर्पोरेशनले ठूलो परिमाणमा इन्धन दिएको छ । सोमबार मात्र आईओसीले ३ लाख ६८ हजार लिटर इन्धन दिएको नेपाल आयल निगमले बताएको छ ।नाकाबन्दीपछि रक्सौल डिपोले इन्धन दिन छाडेको थियो । आईओसीको केन्द्रीय कार्यालयले आज आफू मातहतको रक्सौल डिपोलाई नेपाल आयल निगमको मागअनुसार इन्धन दिन निर्देशन दिँदै पत्रको बोधार्थ आयल निगमलाई पनि पठाएको थियो ।

लोड भएका ट्यांकर वीरगञ्ज नाकाबाट भित्रिन सुरु गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । रक्सौलमा लोड भएका सबै ट्याकंर आजै वीरगञ्ज प्रवेश गर्दैछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत