पूर्वप्रधानमन्त्री कोइरालाको बुधबार अन्त्येष्टि गरिने

Sushil

२६ माघ, काठमाडौं । कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकको निर्णयअनुसार पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति  सु्शील कोइरालाको भोलि बुधबार अन्त्येष्टि गरिने भएको छ ।

कोइरालाको पार्थिव शरीर श्रद्धान्जलीका लागि रंगशालामा राख्ने निर्णय गरेको छ । भोलि बुधबार २ बजेसम्म रंगशालामैै राख्ने र शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने भएको छ । कोइरालाको गएराति १२ः५० मा निधन भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत