बुधबार सार्बजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय

PM Office

२६ माघ, काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार विहान बसेको आकस्मिक बैठकले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक मनाउन बुधबार सार्बजनिक विदा दिने निर्णय गरेको छ । साथै, बैठकले कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ भने राजकीय सम्मानका साथ अन्त्येष्टिको व्यवस्था मिलाउने जिम्मा गृहमन्त्री शक्ति बस्नेतलाई दिइएको छ ।

यसैगरी मन्त्रिपरिषदले कोइरालाको निधनमा शोक मनाउन बुधबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने र विदेशस्थित आफ्ना कुटनीतिक नियोगमा माघ २८ र २९ गते शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत