परिवारका सदस्यहरुको इच्छा अनुसार कोइरालाको अन्त्यष्टि

Sushil२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई भतिजा अतुलले दागबत्ती दिएर अन्त्यष्टि गरिएको छ । चितामा राखिएको कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे । कोइरालाको सम्मानमा नेपाली सेनाले सलामी दिएको छ । राष्ट्रिय गानको धून पनि बजाइएको छ ।

दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाका परिवारजनले पार्टीको चाहनाविपरीत विद्युतीय मेसिनको साटो दाउराले जलाएर कांग्रेसका स्वर्गीय सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइराला अन्त्यष्टि गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत