मातृका मोर्चाको निष्कर्ष : मधेसी मोर्चाले मधेसी जनतालाई बर्बाद पारे

संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका यादव लगायत समितिका सदस्यहरु, सप्तरीमा पत्रकार सम्मेलन गर्दै

संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका यादव लगायत समितिका सदस्यहरु, सप्तरीमा पत्रकार सम्मेलन गर्दै

२७ माघ, सप्तरी । संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका यादवले बुधबार सप्तरी सदरमुकाम राजबिराजमा पत्रकार सम्मेलन गरेर मधेसवादी भन्ने नेताहरुले मधेस मुक्तिको भ्रम छर्दै मधेसी जनतालाई आन्दोलनमा होमेर बर्बाद पारेको बताए ।

प्रतिकृयावादी शासकहरुको मिलोमतोमा मधेशी मोर्चाले आन्दोलनलाई कमजोर बनाएको आरोप लगाउँदै यादवले भने– ‘मधेशी मोर्चाले सहिदहरुको अपमान गर्दै उत्पीडित मधेसी समुदायलाई धोका दिएको छ ।’

‘मधेस आन्दोलनमा सत्ताधारीहरुले मण्डले राष्ट्रवादमा फसाएर पहाडी जनतालाई तस्करी र  कालाबजारीको शिकार बनाए’ पत्रकार सम्मेलन मातृकाले भने– ‘आफूलाई मधेसवादी भन्ने नेताहरुले मधेस मुक्तिको भ्रम छर्दै मधेसी जनतालाई आन्दोलनमा होमेर बर्बाद पारे ।’

संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको सिराहामा माघ २५ र २६ गते बसेको बैठकको निर्णय राजविराजमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै मातृका नेतृत्वको मोर्चाले छुट्टै कार्यक्रम समेत घोषणा गरेको छ ।

यादवको मोर्चाले फागुन १ गतेसम्म सबै जिल्लामा जिल्ला समितिहरु गठन गरिसक्ने, ३ गते सबै जिल्लामा बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

यसैगरी फागुन ५ गते सबै जिल्लामा सर्वपक्षीय अन्तरक्रिया गर्ने, ८ गते सबै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने, ९ गते राजविराज, जनकपुर र वीरगंजमा विश्व मातृभाषा दिवस कार्यक्रम मनाउने, ११ गते काठमाडौंमा अन्तरक्रिया गर्ने बताएको छ । यस्तै फागुन १३ गते मोरङको रंगेलीमा आमसभा गर्ने, बस्ने र चैत १९, २० र २१ गते सप्तरीमा राजनीतिक सम्मेलन गर्ने निर्णय गरेको छ ।

मातृका माओवादीका बारा संयोजक घरबाटै पक्राउ

कलैया । यसै बिच मातृका यादवले नेतृत्व गरेको (माओवादी)का ३५ बर्षीय बारा संयोजक उमेश यादवलाई जवर्जस्ती चन्दा असुली लगायतका उजुरी परेकाले अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको बाराका डिएसपी बिनोद शर्माले जानकारी दिए ।
अपहरण, चोरी, आगजनी, जवर्जस्ती चन्दा असुली लगायतका उजुरी परेकाले प्रहरीले उमेशलाई कलैया नगरपालिका ३ भवानीपुरस्थित उनकै घरबाट पक्राउ गरेको डिएसपी शर्माले बताए । यादवबिरुद्ध परेको उजुरीकै आधारमा मुद्धा अघि बढाइने डिएसपी शर्माले जानकारी दिए ।
बारा जिल्ला संयोजक पक्राउ परेको बारे मातृका माओवादीका एक केन्द्रीय सदस्यले हाकाहकीसँगको कुराकानीमा आवश्यक परे पार्टीले आफ्नो धारणा बाहिर ल्याउने बताए ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत