आजका दिन अक्षर चिनाए पढाई पनि राम्रो, शुल्क पनि कम !

Keshari

१ फागुन, काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा गरी नानीहरुलाई अक्षराम्भ गराउने चलन अनुसार यस वर्ष पनि नानीहरुको हात समाएर विद्यालय र मन्दिरतिर गइरहेका अभिभावक देखिए ।

बिहानैदेखि विद्याकी अधिष्ठात्रीको पूजा गरी बालबालिकालाई पढ्न सिकाएमा पछिसम्म पढ्न आउने विश्वास लिई विद्यालयमा भर्ना गर्न आएको अभिभावकको भनाइ छ । दुई वर्र्ष तीन महिनाका  छोरीलाई लिई विद्यालयमा लिएर पुगेकी केशरी पुनले सरस्वती पूजाको दिन विद्यालय भर्ना गरी अक्षर चिनाउँदा पढाइ राम्रो हुने विश्वास गरी छोरीलाई विद्यालय लगेको बताइन् ।

यसैगरी गोर्खाका गोपाल थापाले पनि आजैको दिन छोरीको अध्यापनको सुरुआत गराएको बताउँदै विद्याकी देवी सरस्वतीको ध्यान गरी अध्ययन गरेमा भविष्य पनि राम्रो हुने विश्वास अनुसार विद्यालय भर्ना गरिएको बताए ।

ललितपुरका बुद्धि बहादुर गुरुङ्गले पनि आज सरस्वती पुजाकै दिन छोरालाई भर्ना गरेको सुनाए । उनले आजको दिनामा भर्ना गर्दा केही सहुलियत पनि पाइने र शुभ दिन पनि मानिने भएकाले छोरालाई विद्यालय भर्ना गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत