मधेस आन्दोलनलाई यसरी नै छाडे प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल नहुने

web 1

१ फागुन, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको स्वरुप फेरिएको समयको सही सदुपयोग गर्दै मधेस समस्या समाधान गर्नु पर्ने भन्दै वार्तामा टाईमपास गर्ने टालटुले पवृत्तिले आन्दोलन नरोकिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा महतोले मधेस आन्दोलनलाई यसरी नै छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल नहुने समेत दाबी गरे । उनले भारतीय जनताको समर्थन मधेस आन्दोलनमा रहेको बताउँदै मधेस आन्दोलन समाधान गर्ने संकेत गरेर भ्रमणमा गए भारतीय जनताको सद्भाव पाउने बताए ।

नेता महतोले राजनीतिक संयन्त्रको कार्यादेशमा मधेसमा दुई प्रदेश हुनेछ भनि लेख्नु पर्ने अडानबारे सोधिएको प्रश्नमा ‘जे गरे पनि हुन्छ तर मधेसमा दुई प्रदेश चाहिएको’ स्पष्ट गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत