अन्सारीले नेपाली नागरिकता त्यागेको घोषणा गरे

३ फागुन, बारा । बाराको बिसुनपुर–९ निवासी ३४ वर्षीय नसरुलाह अन्सारीले नेपाली जिल्ला प्रशासन कार्यालय बारामा आइतबार निवेदन दर्ता गर्दै नेपाली नागरिकता त्यागेको घोषणा गरेका छन् । नेपाली नागरिकता त्यागेको घोषणा गरेसँगै अन्सारीले बिहारको मोतीहारीस्थित ससुरालीमा बस्ने बताएका छन् ।

मलेसियामा पाँच वर्ष काम गरी नेपाल फर्किएका अन्सारीले नेपालमा आफ्नो भविष्य राम्रो नदेखेकाले नेपाल नबस्ने निर्णय गरेको बताएका छन् ।

बाराको बिसुनपुर–९ मा बिक्रम संवत ०३८ असोज १० गते जन्मिएका अन्सारीले विक्रम संवत २०५६ असोज २० मा वंशजको नागरिकत्ता जिल्ला प्रशासन कार्यालय बाराबाट लिएका थिए । उनले नेपाली नागरिकता ऐन २०६३ बमोजिम २०७० चैत ५ गते पहिलो प्रतिलिपि लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत ओम खड्काले अन्सारीको नागरिकता त्याग निवेदनको अनुसन्धान गरी नेपालको कानुनअनुसार आवश्यक कारवाही अगाडि बढाउने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत