हतियार कारोबारी गर्ने डाक्टर साहेब प्रहरीको फन्दामा

३ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले हतियार कारोबारी गर्ने एक चिकित्सक पक्राउ गरेको छ । डाक्टरसँगै हतियार बेच्न प्रयोग भएका १४ वर्षे बालक पनि समातिएका छन् ।

हतियार कारोबारी गन ३४ वर्षीय रमेशप्रसाद यादव पक्राउ परेका हुन् । उनलाई आँखा सम्बन्धी उपचार गर्ने चिकित्सक भन्छन् । यादवसँग नेपाल मेडिकल कलेजबाट लिएको लाइसेन्स नम्बर समेत उनको साथमा रहेको प्रहरीले बताएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी हतियार खरिदकर्ता बनेर यादव कहाँ पुगेपछि २० हजार रुपैयाँमा पेस्तोल बेच्न उनी तयार भए । तर, उनले छिमेकी कहाँ अध्ययनका लागि बस्ने १४ वर्षका बालक दिपेश कुमार यादवलाई प्रयोग गरे ।

स्कुले झोलामा हतियार बोकेका बालक यादव विश्वकर्मा चोकमा पुगेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो । सँगै प्रहरीले रमेशको घरमा छापा मारेको छ । उनको घरबाट एक थान  अमेरिकन पेस्तोल बरामद गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत