भारतीय नागरिकलाई पाकिस्तानमा जेल सजाय !

५ फागुन, काठमाडौं । भारतबाट तीन वर्षदेखि वेपत्ता रहेका हामिद अन्सारीलाई पाकिस्तानी सैन्य अदालतले जासुसीको आरोपमा पाकिस्तानमा तीन वर्षको सजाय सुनाएको छ । अन्सारी २०१२ मा अफगानिस्तानको बाटो भएर पाकिस्तानको कोहाट इलाकामा प्रवेश गर्ने क्रममा सुरक्षा बलले पक्राउ परेको बताइएको छ ।

भारतमा उनको परिवारले अन्सारीलाई खोजी गरिरहेका थिए । इन्टरनेटमा पाकिस्तानी महिलासँग साथी बनेको र उनलाई भेट्न पाकिस्तान गएको परिवारको आशंका छ । तर, पेशावरको जेलमा कार्यरत अधिकारीले बीबीसीलाई बताएअनुसार हामिद अन्सारीले जासुसीको आरोप स्वीकार गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत