१२औं सागमा स्वर्ण पदक विजेता फुटबल टोलीलाई नगर परिक्रमा गराइने

५ फागुन, काठमाडौं । २३ वर्षपछि स्वर्ण पदक बोकेर नेपाली फुटबल टिम आज दिउँसो ३ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुँदैछन् । लगतै, १२औं साग फुटबलमा जित्न सफल उक्त टोलीलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइने भएको छ ।

सेनाले खेलाडीहरुलाई पाँच वटा गाडीमा एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भऽकाली, सुन्धारा, जुद्ध शालिक, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुर्‍याइने कार्यक्रम रहेको छ ।

रंगशालामा खेलाडीको सम्मान गर्ने कार्यक्रम रहेको छ । खेलाडीको स्वागत गर्न सेनाको व्यान्ड सहितको टुकडी समेत व्यवस्था गराइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत