कांग्रेस काठमाडौं जिल्ला अधिवेशन सुरु

५ फागुन, काठमाडौं । नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेदेखि नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिवेशनको भृकुटी मण्डपमा मतदान सुरु हुँदैछ  । मध्यान्ह १२ बजेसम्म चल्ने निर्वाचनमा १ हजार २७३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्दैछन् ।

मंगलबार कार्यसमितिको सभापतिमा भीमसेनदास प्रधान र सबुज बानियाँले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । प्रधान वर्तमान सभापति हुन् भने बानियाँ पार्टी महामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत