प्रधानमन्त्री ओलीले भारतबाट स्वीच थिचे, ८० मेगावाट बिजुली नेपाल आउने भो !

८ फागुन, नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हैदराबाद हाउसमा भएको एक समारोहमा रिमोटमार्फत स्वीच थिचेर ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन उद्घाटन गरेका छन् । उद्घाटनसँगै नेपालले भारतबाट थप ८० मेगावाट बिजुली आउने भएको छ ।

सम्झौताअनुसार नेपालले आगामी असारसम्म ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट ८० मेगावाट बिजुली ल्याउने छ । आयात हुने बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्नेछ । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट भारु ३.४ अर्थात् ५ रुपैयाँ ५० पैसामा बिजुली बेचेको हो ।

नेपाल र भारतबीच सम्झौता

हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको उपस्थितमा सम्झौता तथा समझदारी पत्र आदान प्रदान भएको छ । सम्झौता तथा समझदारी पत्रमा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ ।

भूकम्पपछि भारत सरकारले घोषणा गरेको २५० मिलियन अमेरिकी डलर बराबरको सहयोग प्याकेजलाई प्रयोग गर्नेबारे भएको सहमतिपत्रमा परराष्ट्रमन्त्री कमल थापा र भारतीय समकक्षी सुष्मा स्वराजले हस्ताक्षर गरेका हुन् ।

भूकम्पपछि भारतले दिन घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन सकेन ।

सम्झौताको अर्काे बुँदा मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो १०१६ अक्टोबरसम्ममा २०० र डिसेम्बर १०१७ सम्ममा ६०० मेगावाट पु¥याइने छ ।

यसैगरी तराईको हुलाकी सडक विस्तारका लागि भएको अर्को समझदारीपत्रमा नेपालका लागि भारतीय राजदूत रणजीत राय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले हस्ताक्षर गरेका छन् । साथै, संगीत तथा नाट्य एकेडेमीसम्बन्धी सहयोग आदान प्रदान  समझदारीमा भारतका तर्फबाट संगीत नाटक एकेडेमीकी सेक्रेटरी हेलेन आचार्य र नेपालका तर्फबाट राजदूत दीपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।
यसैगरी पारवहन मार्गसँग सम्बन्धित समझदारीमा भारतीय वाणिज्य सचिव रिता टियोटिया नेपालका तर्फबाट वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । साथै, आजै बिशाखापटनमबाट रेल्वे ढुवानी, बिजुली खरिद र प्रवुद्ध समूह गठन सम्बन्धी समझदारी भएको छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत