मधेशीहरुले आज भारतीय दुतावास अगाडि प्रदर्शन गर्दै

12744462_10201303484544688_7378780845076580814_n

९ फागुन, काठमाडौं । भारतमा ६ दिने औपचारिक भ्रमणमा गएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा २२ जना मधेशी–थारु विद्यार्थीहरुलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

kalo-jhanda-1

मधेशी–थारु विद्यार्थीको पक्राउसँगै उनीहरुको रिहाईको माग गर्दै मधेशका जिल्लाहरुमा प्रदर्शन सुरु भएको छ । उनीहरुको रिहाईको माग गर्दै जनकपुरसहितको शहरमा प्रदर्शन सुरु भएको छ ।

स्रोतकाअनुसार आज बीरगञ्ज तथा विराटनगरमा मधेशीहरुले भारतीय बाणिज्य दुतावास अगाडि प्रदर्शन गर्दै छन् । त्यस्तै आइतबार काठमाडौंमा पनि उनीहरुको रिहाईको माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन गर्ने तयारी हुँदैछ ।

पत्रकार प्रमोद जयसवालकाअनुसार मधेशको समस्या समाधान नै नगरिकन भारत भ्रमणमा आएको भन्दै दिल्लीमा अध्ययनरत तथा अन्य काम गर्दै बसेका मधेसीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन एयरपोर्टभित्र जान लागेका थिए । तर, सुरक्षाकर्मीले जान नदिएपछि प्रधानमन्त्री ओली एयरपोर्टबाट बाहिरिने क्रममा युनाईटेड मधेश नामको संस्थामा आबद्ध मधेसीहरुले कालो झण्डा देखाएका हुन् ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत