जेएनयूका पूर्वविद्यार्थी भट्टराई ‘राष्ट्रद्रोही’ – प्रचण्ड

१० फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौंका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नयाँ शक्ति निर्माण अभियानका संयोजक डा.बाबुराम भट्टराईको दिन आए देश खतरनाक ठाउँमा पुग्ने बताउँदै पूर्वसहकर्मी भट्टराईमाथि ‘राष्ट्रद्रोही’ को आरोप लगाए ।

भारतमा जेएनयू विवादसँगै देशद्रोही र देशभक्तको चर्को बहस भइरहेका बेला एमाओवादी अध्यक्ष प्रचण्डले जेएनयूकै पूर्वविद्यार्थी समेत रहेका पूर्व प्रधानमन्त्री भट्टराईमाथि ‘राष्ट्रद्रोही’को आरोप लगाए ।

एमाओवादी अध्यक्ष प्रचण्डले पीएचडी सबैले गर्ने भन्दै डा.भट्टराईको उछितो काढ्दै बाबुरामलाई बुद्धि नै नरहेको भनी टिप्पणी समेत गरे । प्रचण्डले डा.भट्टराई एमाओवादीमा नै फर्कने बताउँदै यदि फर्कनु भएन  भने उहाँको दिन फर्किएको दिन देश खतरनाक ठाउँमा पुग्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत