पर्वतबासीले बुधबार जिल्लाका सबै सरकारी कार्यालय ठप्प पार्ने

११ फागुन, पर्वत । लोडसेडिङ विरुद्ध आन्दोलनमा उत्रिएका पर्वतबासीले बुधबार जिल्लामा रहेका सबै सरकारी कार्यालय बन्दको आहृवान समेत गरेको छ । पटक-पटकको सहमतिलाई सम्बोधन गर्नको लागि सम्बन्धी निकाय नै उदासिन रहेको भन्दै जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालय ठप्प पार्ने संघर्ष समितिले जनाएको छ ।
पटक-पटक लोडसेडिङ न्यूनिकरण गर्नको लागि भद्र सहमति भएता पनि विद्युत प्राधिकरणले सहमतिलाई तोडेको भन्दै पर्वतबासीले मंगलबार कुश्मामा रहेको विद्युत प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गरे ।

सरोकारवाला निकायले लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न ध्यान नदिई भद्र सहमति कार्यान्वयन नगरे संघर्षका कार्यक्रम सार्वजनिक गरी आन्दोलनलाई सशक्त बनाउने संघर्ष समितिले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत