कांग्रेसको साङ्गठनिक र आर्थिक प्रतिवेदन शनिबार छलफल हुने

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनको दोस्रो दिन शुरु भएको बन्द सत्रबाट हरेक प्रदेशबाट दुई जना केन्द्रिय सदस्य निर्वाचित हुनेगरी बाधा अड्काउ फुकाउ प्रस्ताव पारित भएको छ ।

राजधानीको भृकुटीमण्डपमा शुरु भएको बन्दसत्रमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रमको प्रस्तावित मस्यौदा पेश गरेका थिए भने मस्यौदाको पूर्णपाठ केन्द्रीय सदस्य महेश आचार्यले बाचन गरेका थिए । महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले पेश गरेको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरेको आर्थिक प्रतिवेदन शनिबार छलफल हुनेछ ।

शुक्रबार पेश भएका सबै प्रतिवदेन अध्ययन गरेर महाधिवेशन प्रतिनिधिहरुले शनिबार बिहान ६ बजेसम्म लिखित रुपमा संशोधन प्रस्ताव पेश गर्नु पर्ने महाधिवेशन प्रतिनिधिले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत