कांग्रेस महाधिवेशनको बन्दसत्र सकियो, भोलि मतदान हुने

drk

२२ फागुन, काठमाडौं । नेतृत्व चयनका लागि भोलि मतदान हुने नेपाली कांग्रेसको महाधिवेशनको बन्दसत्र नीति तथा कार्यक्रम पास गर्दै सकिएको छ ।

कार्यबाहक सभापति रामचन्द्र पौडेलका अनुसार बन्दसत्रले महामन्त्रीको प्रतिवेदनका साथै नीति तथा कार्यक्रम पारित गरेको छ साथै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । सभापति पदका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला चुनावी मैदानमा छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत