विहारका मुख्यमन्त्रीले कांग्रेस नेतृ सुजातालाई ‘श्रीमती’ भनेर सम्बोधन गरेपछि…

Nepali-Congress Convention-1

वेब तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन नेपाल आएका भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले विहीबार राजधानीको टुँडिखेलमा कांग्रेस नेतृ सुजातालाई ‘श्रीमती’ भनेका हुन् । ‘श्रीमती’ भनेपछि कांग्रेस नेता कार्यकर्ता तथा सर्वसाधारण पेट मिचिमिचि हासेका थिए । ठूलै स्वरमा हुटिङ समेत गरेका थिए ।

नीतिशले दिउँसै सार्वजनिक कार्यक्रममा ‘श्रीमती’ भनेपछि छेउमै बसेकी सुजाता पनि लजाएकी थिइन् । जर्मन नागरिकसँग विहे गरेकी गिरिजापुत्री सुजाताले कुरा नमिलेपछि डिभोर्स गरेकी थिइन् ।

नेपालको कानुनअनुसार विदेशीसँग विहे गर्दा आफू पनि विदेशी नागरिक हुने प्रावधान छ । जसअनुसार सुजाता पनि विदेशी नागरिक हुन् । तर, गिरिजापुत्री सुजाताको हकमा त्यो लागु भएन् । उनी नेपालकै नागरिक छिन् ।

सुजाताकी एक छोरी छिन् । जसको विहे बंगलादेशी नागरिकसँग केही वर्षअघि भएको थियो । दैनिक नेपालमा विमल योगीले लेखेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत