जन्ती बोकेको बस दुर्घटना, ४ को मृत्यु

२३ फागुन, काठमाडौं । बर्दियाको धधवार गाविस ७ दुध्धाबाट बबइ नगरपालिका १० शाहिपुरबाट जन्ती लिएर फर्किँदै गरेको भे १ ख ८५४ नम्वरको बस बबइ नगरपालिका-६ स्थित जम्ति खोलाको पुल नजिकै गएराति करिव १० बजेतिर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।

web

वेव तस्बिर

दुर्घटनामा मृत्यु हुनेहरुमा धधवार गाविस ७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २६ जनालाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको छ । घाइतेमध्ये  ३ जनाको अवस्था गम्भीर छ ।

यसैगरी डडेल्धुराको मणिलेकमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १  जना गम्भीर घाइते भएका छन् । मणिलेकबाट सदरमुकाम जाँदै गरेको से १ ज ७०६ नम्बरको जीप शनिबार साँझ मणिलेककै वडा नम्बर १ रडुवा भन्ने स्थानमा दुर्घटना भएको हो ।छ । केआई सिंह राजमार्ग पुग्नु भन्दा ३ किलोमिटर अघि रडुवामा जीप दुर्घटना भएको हो । जीप सडकभन्दा ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यसैगरी सप्तरीको देउरी भरुवामा आइतबार राजविराजबाट भारदहतर्फ जाँदै गरेको ना ३ ख ५०२५ नम्बरको  यात्रुबाहक बस र बिपरित दिशाबाट आउँदै गरेको को १ ज १५५१ नम्बरको म्याजिक भ्यान आपसमा ठक्कर खाँदा भ्यान चालक सप्तरी बभनगामाकट्टी २ बस्ने २८ वर्षीय रमानन्द खत्वेको मृत्यु भएको हो ।

उनको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका १३ जनामध्ये भारदह १ बस्ने ४५ वर्षीय विपिन कर्ण र जोगनिया ६ बस्ने २८ वर्षीय बलराम मण्डलको अबस्था गम्भीर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत